PahiloPost

May 14, 2025 | १ जेठ २०८२

‘रुद्रप्रिया’को सरप्राइज, आर्यन सिग्देल र रेखा थापा सात वर्षपछि एकै पर्दामा



पहिलोपोस्ट

‘रुद्रप्रिया’को सरप्राइज, आर्यन सिग्देल र रेखा थापा सात वर्षपछि एकै पर्दामा

काठमाडौं: सात वर्षको अन्तरालपछि रेखा थापा र आर्यन सिग्देल एउटै पर्दामा देखिने भएका छन्। रेखा फिल्मसको प्रस्तुति रहने फिल्म ‘रुद्रप्रिया’ मा रेखाको अपोजिटमा आर्यनको अभिनय रहने भएको हो। बुधबार रेखा फिल्मसले फिल्ममा आर्यनको अभिनय रहने जानकारी दिएका हुन्। फिल्म कम्पनीको कार्यालयमा पत्रकारहरु बीच आर्यनलाई स्वागत गर्दै रेखाले भनिन्,'यसलाई सबैले सुखद मिलनको रुपमा लिनु होला’।

यसअघि सात वर्ष पहिले प्रदर्शनमा आएको फिल्म ‘कसले चोर्‍यो मेरो मन’मा आर्यन र रेखा एकसाथ देखिएका थिए। त्यपछि रेखा र आर्यनले एउटै पर्दामा काम गरेनन्। बोलचाल समेत ठप्प भएको उनीहरुको सम्बन्ध फिल्म रुद्रप्रियले जोड्ने भएको छ।

‘रेखासँग मेरो व्यक्तिगत दुश्मनी त छैन तर पनि कुरा गर्ने काम नै परेन। अहिले स्क्रिप्टले एकसाथ काम गर्न बोलायो', आफ्नो र रेखाको सम्बन्ध बारे प्रस्ट पार्दै आर्यनले भने,'तपाईंहरुले सोचे जस्तो झगडा भएको छैन रियल सम्बन्धले रिल क्यारेक्टरलाई असर गर्दैन।'

रेखाले आर्यन र आफ्नो जोडी पर्दामा नदेखिँदा फिल्म क्षेत्रलाई नै घाटा लागेको बताइन्। ‘दर्शकहरुलाई पनि अपराध गरेको जस्तो लाग्यो किनभने हाम्रो जोडीलाई दर्शकले अत्याधिक रुचाउनु भएको थियो’, उनले बताइन्।

‘किस्मत’ फिल्मबाट नायकको रुपमा डेव्यु गरेका आर्यन र रेखाले ‘किस्मत’, ‘हिफाजत’ र ‘कसले चोर्‍यो  मेरो मन’ फिल्ममा एकअर्काको जोडी भएर अभिनय गरे।

सुदिप बबी भूपाल सिंहको लेखन तथा निर्देशन रहने फिल्म ‘रुद्रप्रिया’ को छायाँकन आउँदो जेठ महिनाको पहिलो सातादेखि सुरु हुनेछ। फिल्मको रिलिज टार्गेट कात्तिक २ गते लक्ष्मी पूजालाई तोकिएको छ। रमेश एमके पौडेल र सरस्वती थापा निर्माताको रुपमा रहेको फिल्ममा संजय लामाको छायाँकन, सुरेश अधिकारी र अर्जुन पोखरेलको संगीत रहनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell