PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

मतदाताले परिचयपत्र लिँदै भने – ‘भोट हाल्न आतुर छौँ’

मतदाताले परिचयपत्र लिँदै भने – ‘भोट हाल्न आतुर छौँ’

आकाश क्षेत्री/पहिलोपोस्ट


काठमाडौं :  निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि नयाँ परिचय वितरण कार्य सुरु गरेको छ। बैशाख ३१ मा निर्वाचन हुने प्रदेश ३,४ र ६ का मतदान स्थलबाट आयोगले फोटो सहितको परिचयपत्र वितरण सुरु गरेको हो। बिहानै देखि मतदाता परिचयपत्र बुझ्न मतदान स्थलमा मानिस भिड लागेको छ। 

मतदाता परिचयपत्र लिनको लागि मतदान केन्द्र आउन सक्षम मतदाताहरु केन्द्रमै आएर मतदान परिचयपत्र लिइरहेका छन भने अशक्तहरुले आफ्नो परिवारको सदस्यलार्इ परिचयपत्र लिन पठाएका छन्।

काठमाडौँ महानगरको नक्साल स्थित नन्दकेशर वाहालमा मतदाता परिचयपत्र वितरण गरिरहेका सहायक कर्मचारी लव सुवेदीका अनुसार मतदाताहरु आफ्ना स्थानीय उम्मेद्वार छान्न आतुर देखिएका छन्। 

आफ्नो र परिवारका केही सदस्यको मतदाता परिचयपत्र लिन आएका कृष्ण मर्हजनले परिचय पत्र बुझेपछि हँसिलो अनुहार पारेर भने - ‘भोट हाल्न आत्तुर छु।’
 
फोटो सहितको मतदाता परिचयपत्र देखाउँदै कृष्ण महर्जन।
मतदान स्थलमा निर्वाचन आयोगले वितरण गरिएको मतदाता परिचत्र पत्र बुझेपछि देखाउँदै दीपा खड्का।


ट्रेन्डिङ पोस्ट

Ncell