PahiloPost

May 14, 2025 | १ जेठ २०८२

नवराज सिलवालको मुद्दाको पेसी जेठ ४ गते



पहिलोपोस्ट

नवराज सिलवालको मुद्दाको पेसी जेठ ४ गते

काठमाडौं : नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति विवाद सम्बन्धि मुद्दाको सुनुवाइ जेठ चार गतेलाई तोकिएको छ । आज तोकिएको पेसी भने स्थगित भएको हो। सर्वोच्च प्रशासनले मुद्दा दैनिक पेसी सूचीबाट स्थगित गरेको हो। मुद्दाको सुनुवाइ स्थगित भएको यो दोस्रो पटक हो। 

प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाभियोग प्रकरणपछि मुद्दाको सुनुवाइ हुन सकेको छैन। चैत ३० गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले पेसी स्थगित गर्न नमिल्ने गरे मुद्दाको सुनुवाइ १९ वैशाखका लागि तोकेको थियो। 

तर, सोही मुद्दाको प्रकरणलाई लिएर प्रधानन्यायाधीश कार्कीमाथि सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रले महाभियोग दर्ता गरेपछि कायम मुकायम प्रधानन्यायाधीश गोपाल पराजुलीले मुद्दाको सुनुवाइ स्थगित गरेका थिए।

अदालतको वैशाख २१ गतेको आदेश अनुसार प्रधान न्यायाधीश कार्की पुनः अदालत फर्किए पनि मुद्दा हेरेकी छैनन्। पेसी तोक्ने काम गरे पनि कार्कीले बिहीबारका लागि तोकिएको प्रहरी महानिरक्षक बढुवाको मुद्दा दैनिक पेसी सूचीमा स्थगित गरेकी हुन्।  

सरकारले फागुन १ गते डिआइजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो। सोही दिन सर्वोच्चको एकल इजलासले चन्दको नियुक्ति कार्यान्वयन नगर्न आदेश जारी गरेको थियो। आइजिपीको प्रत्यासी नवराज सिलवाल समेतको मुद्दामा सुनुवाइ गर्दै सर्वोच्चले चैत ८ गते कार्यसम्पादनका आधारमा सिलवाल ज्येष्ठ रहेको भन्दै चन्दको नियुक्ति बदर गरेको थियो। 

तर, सरकारले अदालतको आदेश अनुसार पुनः कार्यसम्पादन मूल्याङ्कनमा डिआइजी प्रकाश अर्याल पहिलो नम्बरमा रहेको भन्दै चैत २८ गते अर्याललाई महानिरीक्षकमा नियुक्ति गरेको थियो। अदालतको आदेश विपरीत अर्याललाई आइजिपी नियुक्त गरेको भन्दै सिलवाल पुनः चैत २९ मा सर्वोच्च पुगेका थिए। सर्वोच्चको एकल इजलासले मुद्दासँग सम्वन्धित सवै मिसिल पुनः माग गरी वैशाख १९ गतेबाट सुनुवाइ गर्ने आदेश गरेको थियो।

एकल इजलासले पेसी स्थगित नहुने आदेश गरेपनि सर्वोच्च प्रशासनको तर्फबाट नै पेसी स्थगित भएको यो दोस्रो पटक हो।













 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell