
चितवन : छोरी रेणु दाहालले प्रचण्डपुत्री भएकै कारण भरतपुर महानगरको मेयरको टिकट नपाएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्। उनले रेणु दाहालको क्षमता र हैसियतका कारण पार्टीले टिकट दिएको बताए।
भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले नेपालको भविष्य सुनिश्चित गर्न र विकास निर्माणको अभियान थालनी गर्न कांग्रेससँग तालमेल गरेको बताए। प्रचण्डले भने प्रचण्डले भने ‘भरतपुरमा माओवादी कांग्रेस तालमेलको कठोर निर्णय भएको हो, यो गठवन्धन संयोगको मात्र नभई इतिहासको आवश्यकतासँग सम्बन्धित छ ।’
राष्ट्र र चितवनको समग्र विकासका लागि कांग्रेस माओवादी गठबन्धन चमत्कारिक भएको प्रचण्डको भनाई थियो।
प्रचण्डले भरतपुरसँगै दक्षिण एशियाकै समृद्ध महानगर बन्ने आधार रहेको दावी गरे।