PahiloPost

May 14, 2025 | १ जेठ २०८२

कांग्रेसले नाम्लो लगाएर माओवादी बोक्यो : ओली



पहिलोपोस्ट

कांग्रेसले नाम्लो लगाएर माओवादी बोक्यो : ओली

  • राजेन्द्र आचार्य

चितवन : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिदेशीका अघिल्तिर लम्पसार पर्दापर्दा सत्ताधारी दलका नेताहरुको घुँडाभरी घाउ नै घाउ भएको टिप्पणी गरेका छन्।

भरतपुर महानगरपालिकामा एमाले चितवनले गरेको वृहत चुनावी सभालाई सम्वोधन गर्दै एमाले अध्यक्ष ओलीले भने ‘राष्ट्रिय एकता, अखण्डतालाई कमजोर बनाउन परिएको लम्पसारले उनीहरुका घुँडामा टाटैटाटा परेका छन।’

 माओवादी कांग्रेस गठवन्धन तर्फ संकेत गर्दै ओलीले कांग्रेसले नाम्लो लगाएर माओवादी बोकेको टिप्पणी गरे।

'चितवनकै बाँदरमुढे घटनाका घाईते अझै पनि यहीँ छन्, हजुरआमा भेट्न आउँदा टाडीमा ढलाइएका कृष्ण अधिकारीकी आमा अझै अस्पतालमै छिन्, माओवादीको भाटा खाएका कांग्रेस कार्यकर्ताका ढाँडमा अझै सुम्लाका डाम छन्', ओलीले भने, 'कांग्रेस कार्यकर्ताअब झोक्राएर बस्नु पर्दैन।'

माओवादीले युद्धका नाममा युवाहरुको भविष्य र समय वर्वाद बनाएको भन्दै एमाले अध्यक्ष ओलीले भने, ‘अरुका छोराछोरी मार्न लगाएर आफ्ना छोराछोरी मेयर बनाउदै छन् त्यो पनि देउवाको विवेकलाई बन्धकी बनाएर।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell