PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

सिन्धुपाल्चोकको खाडीचौरमा बस दुर्घटना, दुई जनाको मृत्यु, ३५ घाइते



रासस

सिन्धुपाल्चोकको खाडीचौरमा बस दुर्घटना, दुई जनाको मृत्यु, ३५ घाइते

चौताराः सिन्धुपाल्चोकको खाडीचौरमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन्।

काठमाडौबाट दोलखातर्फ गइरहेको बा३ख ५०५६ नम्बरको बस सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाअन्तर्गत खाडीचौरको तीनकिलोमा दुर्घटना हुँदा दोलखा लामीडाँडाका ७० वर्षीय मुक्तिनाथ घिमिरे र उनकी श्रीमती ६५ वर्षीया रत्नकुमारी घिमिरेको मृत्यु भएको हो।

बस अनियन्त्रित भई सडकबाट १० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

नौजना घाइतेलाई उपचारका लागि राजधानी पठाइएको छ भने अन्य घाइतेको खाडीचौरस्थित सदाबहार अस्पतालमा उपचार भइरहेको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell