PahiloPost

Mar 26, 2026 | १२ चैत्र २०८२

अमेरिकी फिल्म प्रतियोगिताको फाइनलपछि 'तुइन' रिलिज टार्गेट हुने



पहिलोपोस्ट

अमेरिकी फिल्म प्रतियोगिताको फाइनलपछि 'तुइन' रिलिज टार्गेट हुने

काठमाडौं: फिल्म 'तुइन'ले फिल्म सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको छ। बिहिबार फिल्म निर्देशक उत्सव थपलियाले फिल्मले प्रदर्शन अनुमती पाएको जानकारी दिएका हुन्।

फिल्मले प्रदर्शनका लागि युनिभर्सल सर्टिफिकेट पाए पनि फिल्म नेपालमा कहिलेबाट प्रदर्शनमा आउँछ भन्ने टुङ्गो लागेको छैन। निर्देशक थपलियाले जानकारी दिए अनुसार मे १३ मा अमेरिकामा हुने एक फिल्म प्रतियोगिताको फाइनल भएपछि फिल्म प्रदर्शनको टुङ्गो लाग्नेछ।

वल्ड सिनेमा फन्ड र मुभिज द्याट म्याटर्सले संयुक्त रुपमा आयोजना गरेको फिल्म महोत्सवमा तुइनले सहभागिता जनाएको हो।  'फिल्म टप २५ मा परिसकेको छ।  अब बाँकी प्रदर्शनका लागि चयन हुन हो', उनले बताए।

सत्य घटनामा आधारित ‘तुइन’मा सुरज थापा, पृषा श्रेष्ठ, परिच्छित विक्रम राणा, विशाल डोटेल, श्याम खड्ला र चिराग थपलिया पनि लिड अभिनयमा छन्।

फिल्मलाई सृजना उप्रेतीले निर्माण गरेकी हुन्।  आङछेन लामाले खिचेको फिल्ममा संगीत सुरेश अधिकारीको छ। फिल्मको परिकल्पना अञ्जना बस्नेतको हो।

त्रिशुली नदी आसपास बसोबास गर्ने गोरखा र धादिङ जिल्लाका बासिन्दाले नदी वारपार गर्न प्रयोग गर्ने 'तुइन' र तुइनसँग जोडिएको कथामा फिल्म तयार भएको छ। ठूलो नदी र पुलको यथार्थ समस्यालाई चित्रण गरेको फिल्म हो ‘तुइन’। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell