
वासिङटनः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वविदेशमन्त्री हेन्री किसिङगरसँग रुस र सिरियासँगको सम्वन्धका बारेमा छलफल गरेका छन्।
भेटवार्तापछि राष्ट्रपति ट्रम्पले पत्रकारसँग कुरा गर्दै आफूहरुबीच रुस र अन्य विभिन्न विषयमा छलफल भएको जानकारी दिए।
उनले भने“हामीले सिरियाका बारेमा पनि छलफल गर्यौं, मलाई लाग्छ, सिरियाका बारेमा हामीले सिरियालाई सम्मान गर्दै धेरै राम्रो गर्न गईरहेका छौं, वास्तममा यो सकारात्मक छ।” राष्ट्रपति ट्रम्पले आफूहरु मर्ने र मार्ने अवस्थाको अन्त्य गर्न गईरहेको पनि बताए।
पूर्वविदेश मन्त्री किसिङगर आफ्नो लामो समयदेखिको साथी र कुटनीतिक मामिलामा राम्रो दख्खल राख्ने कुटनीतिज्ञ भएको ट्रम्पले बताए।
हेन्रीलाई भेटेपछि ट्रम्पले रुसका विदेश मन्त्री सेर्गेई लाभरोभसँग पनि राष्ट्रपति कार्यालय ह्वाईट हाउसमा भेटवार्ता गरेका थिए। रासस/सिन्ह्वा