PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

पर्खालले च्यापिएर भारतमा २६ जनाको मृत्यु



रासस

पर्खालले च्यापिएर भारतमा २६ जनाको मृत्यु
फोटो श्रोतःsputniknews.com

नयाँदिल्लीः भारतको राजस्थानमा एक बैबाहिक कार्यक्रम भइरहेको ठाउँमा पर्खाल भत्किंदा कम्तीमा २६ जनाको मृत्यु भएको छ। 

राजस्थानको राजधानी जयपुरदेखि १८६ किलोमिटर पूर्वतर्फ पर्ने भारतपुर जिल्लामा बुधबार अवेर राति विवाह भइरहेको बेला पर्खाल भत्किएको थियो। 
प्रहरीले घटनामा २७ जना घाइते भएका र उनीहरुको अस्पतालमा उपचार भइरहेको जनाएको छ ।

विवाह समारोहमा सहभागीले खाना खाइरहेका बेला २८ मिटर लामो र चार मिटर अग्लो पर्खाल भत्किएको प्रत्यक्षदर्शीले बताएका छन्। 

राजस्थानकी मुख्यमन्त्री बसुन्धरा राजेले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरुलाई उपचारमा सक्दो सहयोग गर्न सम्वन्धित निकायलाई निर्देशन दिएकी छन्।
यस्ता भौतिक संरचना भत्किदा पुरिएर मृत्यु हुने घटना भारतमा धेरै नै हुनेगरेको छ। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell