PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

पोखरामा कांग्रेसको चुनावी प्रचारलाई लक्षित गरी पेट्रोल बम प्रहार



पहिलोपोस्ट

पोखरामा कांग्रेसको चुनावी प्रचारलाई लक्षित गरी पेट्रोल बम प्रहार

पोखराः नेपाली कांग्रेसले चुनावी प्रचारप्रसारमा प्रयोग गरेको सवारीसाधनलाई लक्षित गरी पोखराको विजयपुर खोलाको पुलमा बिहीबार दिउँसो पेट्रोल बम प्रहार भएको छ।

चुनावी प्रचारका लागि पोखराबाट लेखनाथतर्फ गइरहेको बा ३ ख १४८३ नम्बरको जिपलाई लक्षित गरी बम प्रहार भएको हो। अपरान्ह तीन बजेको समयमा घटना भएको थियो। 

बम प्रहार भएपनि जिप अगाडि बढिसकेकाले कुनै क्षति नभएको प्रहरीले जनाएको छ।

चुनाव बहिस्कार गरेको नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले घटना गराएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। तर प्रहरीले अहिलेसम्म घटनामा संलग्न कोही पनि पक्राउ नपरेको जनाएको छ । 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell