.jpeg)
काठमाडौं : सौन्दर्य प्रतियोगिता ‘मोडल अफ इरा सिजन–२’ को ग्रान्ड फिनालेमा ३० जना युवा–युवतीबीच प्रतिष्पर्धा हुने भएको छ। क्रेजोना मिडिया ग्रुपले आयोजना गर्न लागेको ‘मोडल अफ इरा सिजन–२’ ले आयोजना गरेको अडिसनबाट १५ महिला तथा १५ पुरुष मोडलहरु अन्तिम प्रतियोगिताका लागि छनोट भएका हुन्।
आयोजक संस्थाका प्रमुख लभिन अन्सारीका अनुसार जेठ १५ गते सोमबार यो प्रतियोगिताको ग्रान्ड फिनाले हुनेछ। विजेतालाई नगद पुरस्कारका साथै एभरेष्ट फिल्म एकेडेमीको तर्फबाट छात्रवृत्तिसहित मोडलिङका विभिन्न अवसरहरु प्रदान गरिनेछ।