PahiloPost

Sep 4, 2026 | १९ भदौ २०८३

संसदीय निर्वाचनमा म्याक्रोँको दलले ५२ प्रतिशत नयाँ उम्मेदवार उठाउने



रासस

संसदीय निर्वाचनमा म्याक्रोँको दलले ५२ प्रतिशत नयाँ उम्मेदवार उठाउने
फोटो श्रोतःfrance24.com

पेरिसः फ्रान्सका नवनिर्वाचित राष्ट्रपति इमानुएल म्याक्रोको दलले आगामी जुनमा हुने संसदीय निर्वाचनमा ४२८ जनामध्ये करिब ५२ प्रतिशत  नयाँ अनुहार ल्याउने जनाएको छ। 

मध्यमार्गी नेता म्याक्रोको दलमा निर्वाचन लड्न तयार २१४ जना अर्थात् ५० प्रतिशत महिलालाई प्रतिनिधित्वका सुरक्षित गरिने बताइएको छ। 

रिपब्लिक अन द मुभका म्याक्रोँका महासचिव रिचार्ड फेरार्डका अनुसार पार्टीकोतर्फबाट आएका १९ हजार आवेदकमध्येबाट ५० प्रतिशत महिला र ५२ प्रतिशत राजनीतिमा अहिलेसम्म ठूलो पद धारण नगरेका युवालाई छानिएको जानकारी दिए। रासस/एएफपी 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell