PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

स्याङ्जामा कांग्रेस उम्मेदवारको घरमा राखिएको बम सेनाद्वारा निष्कृय



रासस

स्याङ्जामा कांग्रेस उम्मेदवारको घरमा राखिएको बम सेनाद्वारा निष्कृय

वालिङः स्याङ्जाको गल्याङ नगरपालिकामा नेपाली कांग्रेसकातर्फबाट प्रमुख पदका उम्मेदवारको घरमा आज बिहानै बम फेला परेको छ। 

प्रहरी निरीक्षक रामप्रसाद पाण्डेकाअनुसार आज बिहान प्रमुख पदका उम्मेदवार लालगोपाल अर्यालको घरको बरन्डामा बम फेला परेको हो। 

प्लास्टिकले बेरिएको अवस्थामा बम देखेपछि घरपरिवारले प्रहरीलाई खबर गरेका थिए। बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell