PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

प्रधानमन्त्रीसमक्ष प्रज्ञा प्रतिष्ठानको प्रतिवेदन प्रस्तुत



पहिलोपोस्ट

प्रधानमन्त्रीसमक्ष प्रज्ञा प्रतिष्ठानको प्रतिवेदन प्रस्तुत

काठमाडौंः नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगा उप्रेतिले प्रतिष्ठानको वार्षिक प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष प्रस्तुत गरेका छन्।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज विहान उपकुलपति उप्रेतिले प्रधानमन्त्रीसमक्ष प्रतिवेदन प्रस्तुत गरेका हुन्।

प्रतिवेदनमा आर्थिक वर्ष २०७२/०७३ मा प्रतिष्ठानले गरेका कार्यहरुको विवरण उल्लेख गरिएको छ।

प्रतिवेदन ग्रहण गरिसकेपछि प्रधानमन्त्रीले ६० वर्ष लामो इतिहास बोकेको गरिमामय संस्था प्रज्ञा प्रतिष्ठानको विकास र प्रगतिको पक्षमा आफ्नो सधैं साथ र सहयोग रहने बताए।

उनले प्रज्ञामा अक्षयकोष र बजेट बृद्धिका लागि आफूले निर्देशन दिइसकेको वताउँदै देश संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा गइसकेको वर्तमान अवस्थामा प्रतिष्ठानको संरचना र यसका कामहरुलाई के कसरी पुर्नसंरचित गर्ने यसमा आवश्यक छलफल र गृहकार्यका लागि प्राज्ञहरुलाई आग्रह गरे।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell