PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

प्रियङ्का कार्की आमा, स्वस्तिमा खड्का छोरी: यस्तो छ लुक्स



पहिलोपोस्ट

प्रियङ्का कार्की आमा, स्वस्तिमा खड्का छोरी: यस्तो छ लुक्स

काठमाडौं: फिल्म 'छक्कापञ्जा २' मा अभिनेत्री प्रियङ्का कार्की आमा र अभिनेत्री स्वस्तिमा खड्का छोरीको भूमिकामा देखिंदैछन्। दुई  अभिनेत्री आमा र छोरीको भूमिकामा देखिन लागेको बारे फिल्मकी निर्देशक दीपाश्री निरौलाले पुष्टि गरेकी छिन्।

दीपाश्री निरौलाले फिल्मको ४० दिन भित्रमा छायांकन सक्नेसमेत जानकारी दिइन्। भनिन्,'धमाधम काम गर्दैछौं। कामसँगै निकै रमाइलो पनि भैरहेको छ।'



हास्य कलाकारको समुह मिलेर निर्माण भैरहेको फिल्मा छक्कापञ्जाकै सिक्वेल बताइएको छ। यदि फिल्मको कथाले निरन्तरता पायो भने स्वस्तिमाको आमाको रुपमा प्रियङ्का हुनेछिन् भने बुवाको रुपमा कलाकार शिवहरी पौडेल देखिनेछन्।

दीपकराज गिरी र दीपाश्री निरौलाको प्रस्तुतीमा रहेको फिल्मको कार्यकारी निर्माता विकास आचार्य हुन्।



फिल्ममा दिपकराज गिरी, जीतु नेपाल, बुद्धि तामाङ, किरण केसी, शिवहरी पौडेल, केदार घिमिरे, प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकालको मुख्य भूमिका छ।

फिल्मको रिलिज टार्गेट आगामी असोज ११ रहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell