PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

नुवाकोटमा पक्राउ परे उम्मेदवारका छोरा घरेलु हतियारसहित 



रासस

नुवाकोटमा पक्राउ परे उम्मेदवारका छोरा घरेलु हतियारसहित 

नुवाकोटः नुवाकोटमा उम्मेदवारका छोरा नै घरेलु हतियारसहित पक्राउ परेका छन्।
नेकपा मोआवादी केन्द्रकातर्फबाट नुवाकोटको तार्केश्वर गाउँपालिकाको उपाध्यक्षका प्रत्यासी कमलाकुमारी तामाङका छोरासहित दुई जनालाई प्रहरीले घरेलु हतियारसहित पक्राउ गरेको छ । 

तामाङका छोरा शम्सेर तामाङ र सहयोगी राजेन्द्र तामाङलाई एक थान खुकुरी र तीन थान फलामको रडसहित सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो। 

तामाङद्वयले प्रचार अभियान पछि घर फर्कंदै गरेका सो गाउँपालिकाका नेपाली कांग्रेसका कार्यकर्तालाई हतियार देखाउँदै धम्क्याएकाले नियन्त्रणमा लिएर तारुका प्रहरी चौकीमा राखी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell