PahiloPost

May 25, 2026 | ११ जेठ २०८३

झाडापखालाबाट यमनमा ५१ जनाको मृत्यु



रासस

झाडापखालाबाट यमनमा ५१ जनाको मृत्यु
फोटो श्रोतःenca.com

सानाः विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले यमनमा दुई सातामा झाडापखालाबाट  ५१ जनाको मृत्यु भएको जनाएको छ। 

अप्रिल २७ देखि अहिलेसम्मको अवधिमा दुई हजार ७५२ झाडापखालाका बिरामी सरकारी स्वास्थ्य संस्थामा आएको डब्लुएचओद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। 

यो विवरण राजधानी सानासहित विभिन्न १० प्रदेशको भएको अधिकारीहरुले बताएका छन्। 

यमनमा दुई वर्षदेखिको द्वन्द्वका कारण झडापखालाको प्रकोप बढेको डब्लुएचओले जनाएको छ। 

भौतिक संरचना, खानेपानी र सरसफाइमा पर्याप्त ध्यान नदिएकाले झाडापखाला जस्ता रोगले धेरै सताउने गरेको पाइएको छ।रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell