PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

शनिबारदेखि नेपाल–भारत सीमा नाका बन्द हुने



रासस

शनिबारदेखि नेपाल–भारत सीमा नाका बन्द हुने
फोटो श्रोतःpins.com

नवलपरासीः निर्वाचनलाई लक्षित गरी नेपाल–भारत सीमाअन्तर्गत नवलपरासीको त्रिवेणी नाका बन्द गरिने भएको छ। 
मतदान सुरु हुनु २४ घन्टाअघि त्रिवेणी नाका शनिबार बिहान– ९ बजेबाट बन्द हुने प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिए। 

दुई देशका सुरक्षा निकायका प्रमुखको भारतको बिहारमा भएको सुरक्षा निकायको बैठकमा सीमा बन्द गर्ने सहमति भएको छ। 
प्रजिअ रानाकाअनुसार बैठकमा त्रिवेणी नाकामा ४८ घन्टा अघिबाट सीमा क्षेत्रमा जाँचमा कडाइ गर्ने र २४ घण्टा नाका बन्द गर्ने सहमति भएको हो।रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell