PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

विदेशी मुलका सफल बलिउडकी हिरोइन



पहिलोपोस्ट

विदेशी मुलका सफल बलिउडकी हिरोइन

म्यानमारकी हेलेन रिचर्डसन बलिउड हिरोइनको रुपमा परिचित छिन्। दोस्रो विश्वयुद्ध पछि उनी परिवारसँग भारत आइन्। केहि फिल्महरुमा कोरस डान्सरको भूमिका निभाएकी उनले 'हावडा ब्रीज' फिल्म बाट सफलता पाइन्। फिल्मको मेरा नाम चिन चिन चू हिट भए पछि उनको चर्चा चुलियो। त्यसपछि उनले थुप्रै सफल बलिउड फिल्ममा काम गरिन्। सोले, डन, तिसरी मंजील जस्ता फिल्ममा काम गरिन्।

त्यस्तै विदेशी मुलकी अर्की बलिउड स्टार हुन् सलमा आगा। लन्डनमा हुर्किएकी यि अभिनेत्रीले बलिउडमा राम्रो स्थान बनाइन्। 'निकाह', 'कसम पैदा करने वाले की' 'पति पत्नी और तवायफ' जस्ता फिल्ममा काम गरेकी सागाको बलिउड यत्रा धेरै लामो भने रहेन।

विदेशी अभिनेत्रीकै रुपमा चिनिन्छिन् मनिसा कोइराला पनि। नेपालकी कोइरालाले बलिउडमा आजसम्म पनि फिल्ममा अभिनय गर्दैछिन्। फिल्म सौदागर बाट उनको बलिउड यात्रा सुरु भएको थियो। 'खामोशी', 'अग्नि साक्षी' 'बॉ़म्बे' जस्ता फिल्मले उनलाई नब्बेको दशककी सफल अभिनेत्री कहलिइन्। हाल संजय दत्तको बायोपिकमा मनिसा दत्तकी आम नरगिस को भूमिका निर्वाह गर्दैछिन्।

नर्गिस फाकरी पनि भारतिय होईनन्। पाकिस्तनी बुवा र चेक आमाकी छोरी उनले फिल्म रकस्टारबाट आफ्नो बलिउड यात्रा सुरु गरेकी हुन्। 'मद्रास कैफे', 'मे तेरा हीरो' 'ढिशुम' जस्ता फिल्ममा पनि उनको अभिनय रहेको छ।

अभिनेत्री ज्याकालीन फर्नाडिस पनि भारतिय अभिनेत्री होईनन्। उनको बुवा श्रृलङ्काका हुन् भने आमा मलेसियाकी हुन्। २००६ की 'मिस यूनिवर्स श्रीलंका' ज्याकालीनले २००९मा फिल्म 'अलादीन'बाट आफ्नो अभिनय सुरु गरेकी हुन्। उनले 'रेस २', 'मर्डर- २', 'हाउसफुल- ३', 'फ्लाइंग जेट्ट' 'किक' लगायत फिल्ममा अभिनय गरेकी छिन्।

विदेशी मुलकी सफल बलिउड अभिनेत्री हुन् कट्रिना कैफ। ब्रिटेनकी कट्रिना बुम फिल्ममा अभिनय गरेकी उनको पहिलो फिल्म नै फ्लप भयो। तर उनले बलिउडमा टिक्न संघर्ष गरिन्। नमस्ते लन्डन, वेलकम, सिंह इज किंग जस्ता फिउल्मले उनलाई सफलअतको स्वाद चखायो। हाल उनी नम्बर वान नायिकामध्ये एक हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell