PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

राष्ट्रपति थाइल्याण्डमा



रासस

राष्ट्रपति थाइल्याण्डमा

बैङ्ककः राष्ट्रपति विद्यादेवी भण्डारी श्रीलङ्का र थाइल्यान्डको पाँचदिने औपचारिक भ्रमणका क्रममा आज थाइल्यान्डको बैङ्कक पुगेकी छन् ।
राष्ट्रपति भण्डारीलाई थाइल्यान्डको सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलमा थाइ नरेशका प्रतिनिधि प्रिभी काउन्सिलर चारुनथाडा कर्नसुथ, थाइल्याण्डका डिजिटल, आर्थिक तथा समाज मन्त्री पिचेट डुरोङ्गकाभेरोजले स्वागत गरेका थिए। 

त्यसअघि विमानबाट ओर्लिएलगत्तै थाइल्यान्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले राष्ट्रपति भण्डारीलाई स्वागत गरेका थिए। 

राष्ट्रपति भण्डारीले आज साँझ थाइल्यान्डस्थित ग्रान्ड प्यालेसमा राखिएको थाई राजा भूमिबल अदुल्यादेजको पार्थिव शरीरमा माल्यार्पण गरी श्रद्धाञ्जलि व्यक्त गर्नेछिन्। 

गत असोज २७ गते निधन भएका थाई राजा भूमिबलको पार्थिव शरीर ग्य्रान्ड प्यालेसमा राखिएको छ। उनको अन्त्येष्टि बौद्धधर्म परम्परानुसार आगामी कात्तिक ९ गते त्यही प्यालेसको एउटा गार्डेनमा गरिने जनाइएको छ। 

राजा भूमिबलको निधनपछि विश्वका विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा नेता बैंकक पुगेर उनको पार्थिव शरीरमा माल्यार्पण गर्दै आएका छन् । 

आज साँझ थाइल्याण्डस्थित नेपाली राजदूतावासले आयोजना गर्ने स्वागत समारोहमा पनि राष्ट्रपति भण्डारी सहभागी हुने कार्यक्रम छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell