
काठमाडौं: बाहुबली २ को धमाकाका कारण प्रभाव परेको फ्राइडे रिलिज यो हप्ताबाट पुन: सुचारु भएको छ। इन्डिया र नेपाल दुबै देशमा दुई हप्ता लगातार नयाँ फिल्म रिलिज भएनन्। तर यो हप्ता भने नेपाल र इन्डियाका हलहरुमा नयाँ फिल्म सार्वजनिक भए।
तर नेपाली फिल्मको हकमा भने यो साता पनि शुन्य रिलिज रह्यो। गत हप्ता सार्वजनिक भुवन केसी अभिनित ब्ल्याक डायरी हलमा नटिके पछि यो साता पनि कुनै नेपाली फिल्म रिलिज भएनन्। बलिउड तर्फ भने दुई फिल्मले पर्दामा उत्रने हिम्मत गरे। फिल्म सरकार ३ र मेरी प्यारी बिन्दु सार्वजनिक भएका हुन्। बाहुबली २ को दर्शक फ्लो कम हुनु अघि यि दुई फिल्म सार्वजनिक भए।
अक्षय रायको निर्देशनमा बनेको हिन्दी रोमान्टिक कमेडी फिल्मा मेरी प्यारी बिन्दुमा परिनिती चोपडा र आयुष्मान खुरानाको मुख्य अभिनय रहेको छ। फिल्मलाई यशराज पिक्चर्सले प्रस्तुत गरेको हो।
त्यस्तै राम गोपाल वर्मा निर्देशित सर्कार ३ सरकारको तेस्रो संकरण हो। फिल्ममा अमिताभ बच्चन, मनोज बाजपायी, ज्यक्की सर्फ, यमी गौतम। रोनित राय लगायतको अभिनय रहेको छ।
काठमाडौंका मल्टिप्लेक्सहरुमा यि दुई न्यू रिलिजले शो पाएका छन्।
त्यस्तै हलिउड तर्फ लगातार पाँच हप्ता नेपाली मल्टिप्लेक्समा शो पाएको फिल्म द बोस बेबी यो साताबाट आउट भयो। नेपालका लागि नयाँ हलिउड रिलिज भएको छ 'गार्जियन अफ द ज्ञालेक्सी २'को। जेम्स गनको लेखान तथा निर्देशन रहेको फिल्म गार्जियन अफ द ज्ञालेक्सीको दोस्रो संस्करण हो। फिल्ममा कृस पार्ट, जोय साल्डना, डेभ बाउतिस्टा, विन डिजेल, माइकल रोकर, कर्ट रुसेल लगायतको अभिनय रहेको छ।