
पोखराः कास्कीमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ।
निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले मतदान सामग्री, कर्मचारी व्यवस्थापन र राजनीतिक समझदारी कायम गराई निर्वाचनको तयारी पूरा गरेको जानकारी दिए। सामान्य छिटपुट घटनाबाहेक प्रदेश नम्बर ४ का सबै ठाउँको निर्वाचन तयारी पूरा भएको पौडेलले बताए ।
एक महानगरपालिक र ४ गाउँपालिका रहेको कास्कीमा १ सय ५० मतदान केन्द्र र २ सय ८८ मतदानस्थल छन् । निर्वाचनका लागि एक हजार ७ सय २३ कर्मचारी खटाइएको छ ।