PahiloPost

Sep 4, 2026 | १९ भदौ २०८३

मतदानका दिन साझा यातायातले सेवा बन्द गर्ने



रासस

मतदानका दिन साझा यातायातले सेवा बन्द गर्ने

काठमाडौंः मतदानका दिन आइतबार साझा यातायात बन्द हुने भएको छ। 

बन्दका दिन पनि सेवा दिंदै आएको साझाले निर्वाचन सफल पार्ने निर्वाचन आयोगको अभियानमा सहयोग गर्न सेवा बन्द गर्न लागेको निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए। 

२०७० वैशाख १ गतेदेखि पुनः यातायात सेवा सुरु गरेको साझाले संविधानसभाको दोस्रो निर्वाचन २०७० साल मङ्सिर ४ गतेपछि पहिलोपटक वैशाख ३१ मा सेवा बन्द गर्न लागेको हो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell