PahiloPost

May 25, 2026 | ११ जेठ २०८३

प्रमुख निर्वाचन आयुक्तले भने–मौनअवधिको उपयोग गर्नुस्, प्रचारप्रसार तत्काल रोक्नुस्



रासस

प्रमुख निर्वाचन आयुक्तले भने–मौनअवधिको उपयोग गर्नुस्, प्रचारप्रसार तत्काल रोक्नुस्

काठमाडौंः प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनको मौनअवधिको पूर्ण रुपमा पालना गर्न/गराउन सबै राजनीतिक दल र उम्मेदवारलाई आह्वान गरेका छन्।

सहन्यायाधिवक्ता खेमराज ज्ञवालीद्वारा लिखित ‘लोकतान्त्रिक निर्वाचन व्यवस्थापन’ पुस्तकको विमोचन गर्दै प्रमुख निर्वाचन आयुक्त यादवले मौनअवधिमा पनि प्रचारप्रसार भइरहेको भन्ने सूचना आएकाले त्यसलाई तत्काल रोक्न दलहरुलाई आग्रह गरे। यादवले निर्वाचन आचारसंहिता विपरीत हुने जुनसुकै कार्यलाई निरुत्साहन गर्न नागरिक समूहलाई सुझाव दिए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell