PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

कपिलवस्तुको चन्द्रौटास्थित गणपति रोजीन एन्ड टर्पेनटाइन उद्योगमा आगलागी



रासस

कपिलवस्तुको चन्द्रौटास्थित गणपति रोजीन एन्ड टर्पेनटाइन उद्योगमा आगलागी

कपिलवस्तुः कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा गडगौडामा रहेको गणपति रोजीन एन्ड टर्पेनटाइन उद्योगमा आगलागी भएको छ। 

आज दिउसो भएको आगलागीमा २० टन खोटो जलेर नष्ट भएको उद्योगका  व्यवस्थापक जीवनारायण खनालले जानकारी दिए। भट्ठीमा बालेको आगो सल्केर उद्योगमा आगलागी भएको हो। 

कृष्णनगर नगरपालिकाको बारुणयन्त्र, सशस्त्र, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell