PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

अवैधरुपमा सुन आयात गर्ने गैरे पुर्पक्षका लागि थुनामा



रासस

अवैधरुपमा सुन आयात गर्ने गैरे पुर्पक्षका लागि थुनामा
फोटो श्रोतः.yahoo.com

रसुवाः रसुवागढी नाकाबाट अवैधरुपमा सुन आयात गरेको अभियोगमा पक्राउ परेका एक अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। 
जिल्ला न्यायाधीश रामराजा उप्रेतीको इजलासले प्रकाश गैरेलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।

चीनको केरुङबाट गत चैत ३ गते गैरे सात किलो सुनसहित टिमुरेबाट पक्राउ परेका थिए।
जिल्ला न्यायाधीश रामराजा उप्रेतीको इजलासले गैरेलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो। गैरेविरुद्ध सङ्गठित अपराध नियन्त्रण ऐन २०७० र भन्सार ऐन २०६४ अन्तर्गत मुद्दा पेस भएको थियो । गैरेले ल्याएको सुनको मूल्य तीन करोड २० लाख ७० हजार पाँच सय कायम भएको बताइएको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell