PahiloPost

Mar 26, 2026 | १२ चैत्र २०८२

पाकिस्तानमा आत्मघाती बिस्फोट २५ जनाको मृत्यु



पहिलोपोस्ट

पाकिस्तानमा आत्मघाती बिस्फोट २५ जनाको मृत्यु

इस्लामाबाद : एक आत्मघाती आक्रमणकारीले पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा शुक्रबार गराएको विस्फोटमा २५ जनाको मृत्यु भएको छ। 

घटनामा २५ जनाको मृत्यु भएको छ भने ३० जना भन्दा बढी घाइते भएको सरकारी अधिकारी मुनिर रैसानीले बताए। 

यसैवीच पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले बलुचिस्तान प्रान्तमा २५ जनाको ज्यान लिने गरी भएको विस्फोटको निन्दा गरेका छन्। घटनाको इस्लामिक स्टेट समूहले आफ्नो एक समाचार संस्थामार्फत जिम्मेवारी लिएको छ । 

प्रधानमन्त्री सरिफले एक विज्ञप्ति जारी गरी पाकिस्तानी सिनेटका उपनेतासहित सम्पूर्ण घाइतेजनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। प्रधानमन्त्रीले घाइते सबै जनाको उपचारमा कुनै कमी हुन नदिन प्रशासनलाई निर्देशन दिएका छन्। 

घटनामा पाकिस्तानी सिनेटका उपनेता अब्दुल गफुर हैदरी सामान्य घाइते भएको बताइएको छ। उनी चढेको कार भने विस्फोटका कारण पूर्णतया जलेर नष्ट भएको छ। विस्फोटमा केही प्रहरी अधिकारीसमेत घाइते भएको बताइएको छ। रासस/एपी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell