PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

आइपीएल क्रिकेट : पुनेको प्लेअफ यात्रा लम्बियो, दिल्ली ७ रनले विजयी 



पहिलोपोस्ट

आइपीएल क्रिकेट : पुनेको प्लेअफ यात्रा लम्बियो, दिल्ली ७ रनले विजयी 

दिल्ली : आइपीएल क्रिकेट अन्तर्गत गएराति सम्पन्न खेलमा दिल्ली डेयरडेविल्सले राइजिङ पुनेमाथि ७ रनको जित दर्ता गरेको छ। १६९ रनको लक्ष्य पछ्याएको पुनेलाई १६१ रनमा रोक्दै दिल्लीले रोमाञ्चक जित दर्ता गरेको हो। दिल्लीको प्लेअफमा पुग्ने सम्भावना भने छैन। हारसँगै पुनेलाई प्लेअफमा स्थान बनाउन अन्तिम खेल कुनुपर्ने भएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६८ रन बनाएको थियो। दिल्लीका लागि करुण नायरले सर्वाधिक ६४ तथा रिसव पन्तले ३६ रन बनाएको थियो। यस्तै मोर्लोन स्यमुयल्सको २७ रनबाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन उल्लेख्य रहेन। 

जवाफी ब्याटिङमा उत्रिएको पुनेले खराब सुरुवात गरेको थियो। शून्य रनमै विकेट गुमाएको पुनेले दोस्रो विकेट ३६ रनमा गुमाएको थियो। पुनेको इनिङमा मनोज तिवारीले ६० रन बनाए पनि जितका लागि पर्याप्त भएन। पुनेको इनिङमा कप्तान स्टेभन स्मिथले ३८ र बेन स्टोक्सले ३३ रन बनाए। अन्य खेलाडीको प्रदर्शन उल्लेख्य रहेन।

बलिङतर्फ दिल्लीको जाहिर खान र मोहम्मद सामीले दुई÷दुई विकेट लिए। पुनेका बेन स्टोक्स् र जयदेव उनडकटका नाममा पनि दुई÷दुई विकेट रह्यो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell