PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

जस्टिन बिबरलाई किन गाली गर्दैछन् भारतीय फ्यान?



पहिलोपोस्ट

जस्टिन बिबरलाई किन गाली गर्दैछन् भारतीय  फ्यान?

गत मे १० मा पप स्टार जस्टिन बिबरले भारतमा लाइभ प्रस्तुती दिए। मुम्बईको डी वाई पाटिल स्टेडियममा जस्टिन र उनको ब्यान्डले प्रस्तुती दिएका हुन्। उनको 'पर्पोज वल्ड टूर' अन्तर्गतको कन्सर्ट इन्डियामा पहिलोपटक भएको हो।

आफ्नो चौथो एल्बम 'पर्पोज'को प्रचारका लागि उनी संसारका विभिन्न ठाउँमा शो गर्दै हिडेका छन्। सन् २०१६ को मार्चमा सुरु भएको टूर २०१७ को सेप्टेम्बर मा समापन हुनेछ। उनले यसअघि 'बिलिभ' एल्बम प्रचारका लागि 'बिलिभ टूर' आयोजना गरेका थिए।

क्यानडाका २२ वर्षिय गायक जस्टिनले आयोजित कार्यक्रमको अन्त्यमा इन्डियन फ्यानलाई सम्बोधन गर्दै भने,'थ्यान्क्यु इन्डिया, म फेरी आउँछु।' तर भारतिय जनताले जस्टिनको कन्सर्टको विरोध गरेको बिबिसी हिन्दी जनाएको छ। जस्टिनको प्रस्तुतीको विरुद्ध आम दर्शक किन आक्रोशित बने त?

कन्सर्टमा उनले सरी, कोल्ड, वाटर, आइ विल शो यु, ह्वेर आर यु नाउ, बेबी लगायतको गीत गाएका थिए। उनको तिनै प्रस्तुती हेर्न स्टेडियममा अभिनेत्री आलिया भट्ट, मलाइका अरोडा, सोनाली बैंद्रे, श्रीदेवी लगायतको पनि उपस्थिती रहेको थियो। जस्टिन र उनको ब्यान्डको प्रस्तुती हेर्न सेलिब्रेटी लगायत ५६ हजारको भिड थियो। उक्त कन्सर्ट हेर्नका लागि जनताले पाँचदेखि ७५ हजारसम्मको टिकट खरिद। तर ति दर्शकलाई जस्टिनको प्रस्तुती ठिक लागेन। किनकी जस्टिनले कन्सर्टमा दिएको प्रस्तुतीमा लिप सिङ्गिङ गरेको आरोप लगाइएको छ। लिपसिङ्ग मात्र गरेको प्रस्ट हुने गरी उनी मञ्चमा प्रस्तुत भए। त्यतिमात्र नभएर उनले मञ्चमानै तौलियाले मुख पुछ्ने, पानी पिउने जस्ता काम गरे।

आशीष शाक्य नामक भारतीय जस्टिन फ्यानले फेस्सबुकपोस्ट लेख्दै आफ्नो नैराश्यता यसरी व्यक्त गरेको बिबिसी हिन्दीमा उल्लेख छ,'जब बिबरले तौलियाले आफ्नो अनुहार पुछ्दै थे तब उनको अनुहार सबै छेक्किएको थियो। त्यो अवस्थामा पनि उनको स्वर चेन्ज भएन। त्यो लिप्सिङ हो भन्ने प्रस्ट हुन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell