PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

चौथो महान सिद्धार्थ उपत्यकाव्यापी कराते प्रतियोगितामा भक्तपुर डोजो प्रथम



पहिलोपोस्ट

चौथो महान सिद्धार्थ उपत्यकाव्यापी कराते प्रतियोगितामा भक्तपुर डोजो प्रथम

काठमाडौँ : चौथो महान सिद्धार्थ उपत्यकाव्यापी कराते प्रतियोगितामा भक्तपुर डोजो टिम ४ स्वर्ण २ रजत १ कास्यसहित प्रथम भएको छ। यस्तै, ४ स्वर्ण ५ कास्य पदकसहित सरस्वती डोजो बेसीगाउँ टिम दोश्रो भएको छ। 

प्रतियोगितामा ३ स्वर्ण ३ रजत ५ कास्यसहित आमादब्लम डोजो लैनचौर तेस्रो हुन सफल भएको छ। 

प्रतियोगिताको उत्कृष्ट खेलाडी पुरुषतर्फ बिजय रिमाल र महिलातर्फ मन्दिरा योञ्जन चुनिएका छन्। महान सिद्धार्थ स्कुलको प्रांगणमा एक दिने प्रतियोगिता सम्पन्न भएको थियो। 

प्रतियोगितामा उपत्यकाका १५ डोजोका २०० खेलाडी सहभागी भएको प्रतियोगिता संयोजक बिक्रम लामाले जानकारी दिए। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell