PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

फिल्म बाहुबलीका दृश्य तयारीको यस्तो छ रहस्य



पहिलोपोस्ट

फिल्म बाहुबलीका दृश्य तयारीको यस्तो छ रहस्य

भारतिय फिल्म उद्योगमा रेकर्डै रेकर्ड बनाएको फेयान्टासी ड्रामा 'बाहुबली द कनक्लुजन'मा प्रयोग गरिएको भिएफएक्सको निकै चर्चा रहेको छ। ठूला ठूला झरना, पानीमा डुबेकी शिवगामी देवीको हातमा बच्चा र प्रभास र तमन्ना बिचको रोमान्समा देखाइएको दृश्य यि सबले दर्शकलाई आकर्षित तुल्यायो। बाहुबलीको पहिलो संस्करणमा प्रयोग भिएफएक्सले नै दर्शकको मन जितेको थियो।

फिल्मको सिक्वेलमा पनि निर्माण युनिटले भिएफएक्स अभ्यासको क्वालिटी घटाएन। फिल्मका लागि प्रयोग इफेक्ट्सका लागि ३५ भन्दा बढी देशी तथा विदेशी स्टूडियोको प्रयोग भएको बिबिसी हिन्दीले जनाएको छ। फिल्मको लागि आर सी कमलकन्नी भिएफएक्स सुपरभाइजर हुन्। आर सीले बताए अनुसार जुन स्टूडियो जे कामको लागि बढी प्रयोग हुन्थ्यो सोही कामको लागि बाहुबली २ मा पनि प्रयोग गरिएको हो। भने,'थोरै समयमा धेरै काम भयो किनकी देश तथा विदेशको स्टूडियोमा काम गर्न पायौं।'

बाहुबली २ मा माहिष्मती राज्यको ठूलो झरनामा बनेको एलिफेट ब्रिजको चर्चा छ। आर सीले सो दृश्य कम्प्युटर ग्राफिक्सको सहयोगमा बनाएको जानकारी दिए। फिल्मको रोमान्टिक गीतमा प्रयोग सेतो हंश पनि सेट भित्र छायांकन गरिएको हो। कटप्पाले बाहुबलीलाई मारेको दृश्य पनि भिएफएक्सको प्रयोग हो। कमलकन्नाले भने,'तरबार पेटको वार र पार देखाउन र दुई पात्र कटप्पा र बाहुबलीको पोजिसन मिलाउन निरै मिहेनत गर्नु पर्यो।' फिल्ममा केही सेकेन्डको लागि देखाइएको मन्त्रीको दरबारहरु कम्प्युटराइज्ड नै हुन्। ति दृश्य तयार गर्न २ महिनाको समय लागेको उनको दाबी छ। बाहुबली १ छायाँकन हुँदै खिचिएको दृश्य दुईमा प्रयोग गरिएको हो। नदीको बिचमा बच्चा उचालेको हातमा पानीको बोत्तल प्रयोग गरिएको थियो। जुन सिन तयार गर्न धेरै दिन लाग्यो। क्रोमाबाट सुट गरिएको सैनिक उड्ने दृश्य पनि अफ्ठ्यारो रहेको उनको भनाई छ।

फिल्म युनिटका अनुसार बाहुबलीमा भिएफएक्स प्रयोगतो खर्च लगानीको २० प्रतिशत लाग्यो। मतलव ८० देखि ९० करोड कम्प्युटर प्रविधिको लागि प्रयोग भएको बिबिसी हिन्दीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell