PahiloPost

Jan 15, 2026 | २ माघ २०८२

के हो पोल बुक?



पहिलोपोस्ट

के हो पोल बुक?

काठमाडौँ : निर्वाचन आयोगले पठाएका कर्मचारीहरुलाई निर्वाचन आयोगले एउटा डायरी उपल्बध गराएको छ। उक्त डायरी मतदान अधिकृतले प्रयोग गर्नेछन्। 

आयोगले कर्मचारीहरुलाई उपलब्ध गराएको उक्त डायरीको प्रयोजन समेत खुलाएर पठाएको छ। 

डायरीमा आयोगले मतपेटिकाको सिलसिलेवार नम्बर टिपोट गर्नेछन्। त्यस्तै उक्त डायरीमा मतपेटिकाको बिर्को बन्द गरेपछिको सिल नम्बर टिपोट गर्नेछन्। 

त्यस्तै मतदान अधिकृतले दलहरुले तोकेको मतदान प्रतिनिधिको नाम समेत त्यसमा टिपोट गर्नेछन्।   

पोल डायरी एकप्रकारको निर्वाचनको 'माइन्युट' हो। निर्वाचनको निष्पक्षता लगायतका प्रश्न उठेको खण्डमा पोल डायरीको तथ्याङ्क हेर्ने गरिन्छ। डायरीकै आधारमा मतदाताहरु दोहोर्‍याएर मतदान गर्न आए, नाम ढाँटी आए कारवाही हुनेछ। निर्वाचन आचारसंहिता उल्लघंन भए नभएको विषय समेत पोल डायरी मार्फत खुल्नेछ।

त्यस्तै यस्तो डायरीमा मतदान केन्द्रमा घट्ने घटनाहरु समेत मतदान अधिकृतले टिपोट गर्नेछन्। निर्वाचन पर्यवेक्षणमा आएको टोलीदेखि घुम्ती टोली आएको विषय समेत पोल बुकमा मतदान अधिकृतले लेख्नेछन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell