PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

निर्वाचनको प्रभाव 'नेपाल आइडल'मा पनि, रोक्कियो प्रशारण



पहिलोपोस्ट

निर्वाचनको प्रभाव 'नेपाल आइडल'मा पनि, रोक्कियो प्रशारण

काठमाडौं: हरेक बिहिबार र शुक्रबार प्रशारण हुँदै आएको अन्तराष्ट्रिय गायन प्रतियोगिताको नेपाली संस्करण 'नेपाल आइडल' यो हप्ता प्रशारण भएन। पुर्व सुचना बिना नै निर्माण युनिटले कार्यक्रम प्रशारण रोक्यो भन्ने आरोप छ। जसका कारण नेपाल आइडलको आधिकारिक फेसबुक पेजमा कार्यक्रम नदेखाइनु बारे जिज्ञासाहरु आए।

तर कार्यक्रम प्रशारण हुनुपर्ने पहिलो दिन, बुधबार नै कार्यक्रम प्रशारण नहुने बारे जानकारी दिएको थियो। युनिटले निर्वाचन विशेष कार्यक्रम प्रतुतीका लागि नेपाल आइडल प्रशारण हुन नसक्ने जनाएको थियो।



सामाजिक संजालमा भने प्रतियोगी र निर्माण युनिट बिचको आन्तरिक विवादका कारण कार्यक्रम रद्द भएको चर्चा चल्यो। उक्त हल्लाको खण्डन गर्दै कार्यक्रम निर्माण युनिटका सुरेश दुलाल भन्छन्,'कार्यक्रमको प्रशारण रोक्किनुको कारण निर्वाचन बाहेक केही होइन। अनावश्यक हल्लालाई मिडियाले ठाउँ नदिए हुने।' उनले कार्यक्रम आउँदो हप्ता पनि प्रशारण नहुने समेत जानकारी दिएका छन्। भने,'दुई हप्ता निर्वाचन विशेष कार्यक्रमले नै महत्व पाउनस पर्छ भन्ने हाम्रो मान्यता हो।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell