PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

सुरक्षाकर्मी चढेको जिपको ठक्करबाट दोलखामा एक जनाको मृत्यु



पहिलोपोस्ट

सुरक्षाकर्मी चढेको जिपको ठक्करबाट दोलखामा एक जनाको मृत्यु

दोलखाः उम्मेदवारलाई सुरक्षा दिएर फर्कने क्रममा सुरक्षाकर्मी चढेको जिपको ठक्करबाट दोलखामा एक बालकको ज्यान गएको छ।

सिंगटीबाट चरिकोट आउँदै गरेको सुरक्षाकर्मी चढेको जिपले कालिञ्चोक गाउँपालिका–७ झमार्सी नजिकै ठक्कर दिंदा नौ वर्षीय रुजल शिवाकोटीको मृत्यु भएको हो। ठक्करबाट घाइते भएका शिवाकोटीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell