PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

काँधमा झोला मनमा उत्साह : भोट हाल्न यसरी लागे मतदाता

काँधमा झोला मनमा उत्साह : भोट हाल्न यसरी लागे मतदाता

आकाश क्षेत्री/पहिलोपोस्ट


काठमाडौः स्थानीय तह निर्वाचनको मतदान सुरु हुन २४ घन्टा मात्र बाँकी रहँदा मतदाताहरु आफ्नो गृह जिल्लातर्फ लाग्ने क्रम बढेको छ। आज बन्दको हल्ला भएपनि मतदातालार्इ भने बन्दले रोक्न सकेन।

त्यसैको उदारहण हो सामाखुसी चोकमा उभिएको मालबाहक मिनी ट्रकमाथि लाइन र त्यसमाथि चडेका यात्रु।

सुशान्त तामाङलार्इ स्थानीय निर्वाचनमा मतदान गर्नको लागि उनी नुवाकोट पुग्नु थियो। तर, गाडी बन्दको हल्लाले उनी बिहानै सामाखुसी पुगेर ट्रकबाटै भएपनि नुवाकोट पुग्ने तयारीमा थिए। सुशान्त मात्र हैन लाम लागेका ट्रकमा महिला तथा बृद्धबृद्धा पनि सवार थिए। कोही सवार हुने तयारीमा थिए। 

बालबालिकासहित केही परिवार भने गाडी कुरिरहेका थिए। महिला पनि ट्रकमा झुन्डिरहेकै थिए। केही मानिसले नुवाकोटबाट नेताले गाडी पठाएको हल्ला सुन्न सकिन्थ्यो। नुवाकोट पुग्नकै लागि लाइनमा बसेका थिए सरोज मगर। उनी भन्छन, ‘गाडी आउने हल्ला छ त ठेगान छैन।


ट्रेन्डिङ पोस्ट

Ncell