PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

धनगढीमा जेठ दोस्रो साता इन्डो–नेपाल कराँते प्रतियोगिता हुने



पहिलोपोस्ट

धनगढीमा जेठ दोस्रो साता इन्डो–नेपाल कराँते प्रतियोगिता हुने

धनगढीः सुदूरपश्चिममा कराँतेका संस्थापक गोपाल खड्का र खेलाडी राजु लामाको स्मृतिमा नवौ गोपाल राजु इन्डो–नेपाल कराते प्रतियोगिता हुने भएको छ। 

सुदूरपश्चिमाञ्चल गोजुरियो कराँते डो संघ तथा नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा जेठ १२ र १३  गते धनगढी रंगशालाको कभर्डहलमा प्रतियोगिता हुने भएको हो।

प्रतियोगितमा नेपालका दुई सय र भारतका एक सय खेलाडीले भाग लिने आयोजकले जानकारी दिएको छ। प्रतियोगितामा विभिन्न तौल समूह गरी ४१  स्वर्ण, ४१ रजत र ८२ कास्य गरी १६२ पदकका लागि प्रतिस्पर्धा हुने अन्तरराष्ट्रिय रेफ्री तथा प्रतियोगिताका संयोजक प्रकाश चन्दले जानकारी दिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell