PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

हारको डरले एमालेले म माथि आक्रमण गर्‍यो : गगन थापा



पहिलोपोस्ट

हारको डरले एमालेले म माथि आक्रमण गर्‍यो : गगन थापा

काठमाडौं : स्वास्थ्य मन्त्री गगन थापाले निर्वाचनको पूर्वानुमानका आधारमा आत्तिएर नेकपा एमालेका कार्यकर्ता र नेता आफूविरुद्ध उत्रिएको दावी गरेका छन्।  

निर्वाचन आयोगले लागू गरेको आचार संहिता विपरित काम गरेको भए जस्तोसुकै सजाय भोग्न तयार भएको उनले पत्रकार सम्मेलन गरेर बताए। मन्त्री थापालाई शनिबार एमाले कार्यकर्ताहरुले काठमाडौंको कपनमा आयोगको आचार संहिता विपरित प्रचार प्रसार गरेको भन्दै दुर्व्यहवार गरेका थिए। शनिवार काठमाडौंको अनामनगरमा पत्रकार सम्मेलन गर्दै अन्य राजनीतिक दलहरुले मन्त्रीले आचार संहिता मिच्यो भन्दै दुष्प्रचार गरेको बताए। मन्त्री थापाले भने, 'निर्वाचनको पुर्वअनुमान लगाएर हतास भएर पार्टीका कार्यकर्ता लगाएर दुर्व्यहवार गरेको पाइयो।'  

आफू लगायत अन्य मन्त्रीलाई गरेको दुर्व्यवहारको विषयमा आफूले निर्वाचन आयोगमा उजुरी दिएको पनि उनले जानकारी गराए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell