PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

निर्वाचन अघि नै ३ सय २९ पदमा निर्विरोध, कति प्रमुख/उपप्रमुख र वडा अध्यक्ष भए निर्विरोध?



रमेश वाग्ले

निर्वाचन अघि नै ३ सय २९ पदमा निर्विरोध, कति प्रमुख/उपप्रमुख र वडा अध्यक्ष भए निर्विरोध?

काठमाडौं : आइतबार स्थानीय तहको पहिलो चरणको निर्वाचन हुँदैछ। तर ३ सय २९ पदमा भने भोलि निर्वाचन हुनेछैन। किनभने उम्मेद्‍वार दर्तासँगै ३ सय २९ जना निर्विरोध चयन भइसकेका छन्। यद्यपि निर्वाचित भएको प्रमाणपत्र भने उनीहरुले निर्वाचन भएपछि अरु निर्वाचित सँगै प्राप्त गर्नेछन्।

जसमध्ये २ गाउँपालिकाका अध्यक्ष समेत निर्विरोध भइसकेका छन्। कांग्रेसका मिङमार छिरिङ लामा मनाङको नारफु गाउँपालिकाका अध्यक्ष निर्विरोध भइसकेका छन्। त्यस्तै डोल्पाको शे फोक्सुण्डु गाउँपालिकामा एमालेका टसी तुञ्दुप गुरुङ निर्विरोध गाउँपालिका अध्यक्ष चयन भएका छन्।
 
हालसम्म दुई उपाध्यक्ष समेत निर्विरोध भएका छन्। दुवैले स्वतन्त्र उम्मेद्वारी दिएका थिए। शे फोक्सुण्डो गाउँपालिकाका धावा गुरुङ र डोल्पो बुद्ध गाउँपालिकाका मल्लटसी गुरुङ उपाध्यक्ष चयन भएका हुन्। 

निर्वाचन आयोगले ३ सय १६ जना निर्वाचित हुँदा तयार गरेको तथ्याङ्क अनुसार - निर्वरोध हुनेमा दुई गाउँपालिकाका अध्यक्ष, दुई उपाध्यक्ष, ५६ वडा अध्यक्ष रहेका छन्। वडा अध्यक्ष मध्ये २ महिला रहेका छन्। 

त्यस्तै १ सय १६ खुल्ला सदस्य, ६३ महिला सदस्य, ७७ दलित महिला सदस्य रहेका छन्। कूल ३ सय १६ सर्वसम्मत हुँदा १ सय ६९ पुरुष र १ सय ४७ महिला रहेका छन्। 

आयोगले अन्य १३ जनाको भने पदको वर्गीकरण बाँकी रहेको जनाएको छ।

निर्विरोध हुनेमा मनाङ, मुस्ताङ, म्याग्दी, गोरखा, बाग्लुङ, स्याङ्जा, जुम्ला, डोल्पा, हुम्ला, कालिकोट, मुगु, सिन्धुपाल्चोक, रुकुम, काभ्रे, धादिङ, नुवाकोट, सिन्धुली, दोलखा, मकवानपुर, काठमाडौँ, भक्तपुर, ललितपुरका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell