PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

बीस वर्षपछि स्थानीय निर्वाचन, विहान ७ बजेबाट मतदान



पहिलोपोस्ट

बीस वर्षपछि स्थानीय निर्वाचन, विहान ७ बजेबाट मतदान

काठमाडौँ : प्रदेश ३, ४ र ६ का ३४ जिल्लामा आज स्थानीय तहको चयनका लागि मतदान हुँदैछ। बीस वर्ष अघि २०५४ सालमा स्थानीय निर्वाचन भएयता स्थानीय निर्वाचन हुन सकेको थिएन।

स्थानीय तह जनप्रतिनिधि विहीन हुँदा जनताले घरदैलोबाट प्राप्त गर्ने सेवा समेत प्रभावित हुँदै आएको थियो। मतदानका लागि निर्वाचन आयोगले ४९ लाख ५६ हजार ९ सय २५ मतदाताको नामावली सार्वजनिक गरिसकेको छ।

नयाँ संविधानले व्यवस्था गरे अनुरुपको ७ सय ४४ स्थानीय तह मध्ये तीन प्रदेशका २ सय ८३ स्थानीय तहमा निर्वाचन हुन लागेको हो।

निर्वाचनबाट १३ हजार ५ सय ५६ जना प्रतिनिधि निर्वाचित हुँदैछन्।

जसमध्ये ९७ नगरप्रमुख र उपप्रमुख, १८६ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष चयन हुनेछन्। त्यसैगरी २ हजार ५ सय ९८ वडा अध्यक्ष र १० हजार ३ सय ९२ वडा सदस्य चयन हुनेछन्।

निर्वाचनको सुरक्षाका लागि नेपाली सेना समेत परिचालन गरिएको छ। त्यस्तै २२ हजार ५ सय ७५ जना प्रहरी, २२ हजार ६०२ जना म्यादी प्रहरी र १७ हजार ३५६ जना सशस्त्र प्रहरीसहित ३८३ राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी सुरक्षाका लागि खटिएका छन्। ३ सय ८३ अनुसन्धान विभागका कर्मचारीलाई थप ५ हजारको जनशक्तिले रिइन्फोर्स गरिएको छ। 

कुन प्रदेशमा कति

प्रदेश ३ जिल्ला १३
महानगरपालिका ३, वडा ९०
उपमहानगरपालिका १, वडा १९
नगरपालिका ४१, वडा ४७०
गाउँपालिका ७४, वडा ५४२
कूल ११९ तह, ११२१ वडा
मतदाता २७ लाख ६० हजार १ सय ८२
मतदान केन्द्र ३ हजार ४ सय ९१


प्रदेश ४ जिल्ला ११
महानगरपालिका १, वडा ३३
नगरपालिका २६, वडा ३ १८
गाउँपालिका ५८, वडा ४०८
कूल तह ८५, ७५९ वडा
मतदाता १४ लाख १३ हजार ३ सय २०
मतदान केन्द्र १ हजार ९ सय ५२

प्रदेश नं ६ जिल्ला १०
नगपालिका २५, वडा ३०३
गाउँपालिका ५४, वडा ४१५
कूल तह ७९, वडा ७१८
मतदाता ७ लाख ८३ हजार ४ सय २३
केन्द्र १ हजार १ सय ९९

...
निर्वाचन हुने कूल जिल्ला ३४
महानगर – ४, वडा १२३
उपमहानगर – १, वडा १९
नगरपालिका ९२, वडा १०९१
गाउँपालिका १८६, वडा १३६५
कूल तह २८३, कूल वडा २५९८
कूल मतदाता संख्या ४९ लाख ५६ हजार ९ सय २५
कूल मतदान केन्द्र ६ हजार ६ सय ४२



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell