PahiloPost

Jan 12, 2026 | २८ पुष २०८२

काभ्रे गोलीकाण्ड : 'मृत्यु हुने पाठक कुनै दलका होइनन्'



उमेश पौडेल

काठमाडौं : काभ्रेको भकुन्डेबेसीमा गएराति गोली लागेर मृत्यु भएका व्यक्ति कुनै पार्टीसँग सम्बन्धित नरहेको प्रशासनले दावी गरेको छ। काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिम्खडाले नयाँ शक्तिसँग सम्बन्धित भनेर प्रचार  गरिए पनि कुनै पार्टीले सो घटानाका बारेमा जिम्मा नलिएको बताए। गोली लागेर काभ्रे मेथिनकोटका २८ वर्षीय नवराज पाठकको मृत्यु भएको थियो।

कसले किन गोली हान्यो भनेर अनुसन्धान भइरहेको र चाँडै सत्यतथ्य पत्ता लगाइने सिम्खडाले बताए।

गएराति ९ बजे नमोबुद्ध नगरपालिका ४ भकुण्डेबेसीमा गोली चलेको थियो । दाहिने छातीमा एक गोली लागेका उनको धुलिखेल अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।

घटनाका प्रत्यक्षदर्शी रहेको सशस्त्र प्रहरीले भने मोटरसाइकलमा आएका व्यक्तिले गोली हानेर भागेको जानकारी दिएको प्रजिअ सिम्खडाले बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell