काठमाडौँ : २ सय ८३ स्थानीय तहमा स्थानीय सरकार चयनका लागि अहिले केहीबेरमा मतदान हुँदैछ। निर्वाचन सुरु हुनु अघि नै मतदाताहरु मतदान केन्द्र पुगेका छन्। साथै केही मतदाताहरुलाई लाइनमा समेत खडा भएका छन्। मतदाताहरु मतदानका लागि उत्साहित देखिएका छन्। २० वर्षपछि हुन लागेको स्थानीय निर्वाचन प्रति मतदाताहरुले उत्साह प्रकट गरेका हुन्।
निर्वाचनबाट १३ हजार ५ सय ५६ जना प्रतिनिधि निर्वाचित हुँदैछन्। जसमध्ये ९७ नगरप्रमुख र उपप्रमुख, १८६ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष चयन हुनेछन्। त्यसैगरी २ हजार ५ सय ९८ वडा अध्यक्ष र १० हजार ३ सय ९२ वडा सदस्य चयन हुनेछन्।
३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा कूल ४९ हजार ३ सय ३२ जना प्रतिस्पर्धामा छन्।
निर्वाचन आयोगका अनुसार उम्मेद्वारी फिर्ता लगायतका प्रक्रियापछि प्रतिस्पर्धामा खडा भएका पुरुषको सङ्ख्या ३० हजार ५ र महिलाको संख्या १९ हजार ३३२ कायम भएको हो।
प्रतिशतको हिसाबले जम्मा उम्मेद्वारमध्ये पुरुष ६०.८२ प्रतिशत र महिला ३९.१८४ प्रतिशत रहेका छन्।
९७ नगरप्रमुख र उपप्रमुख, १८६ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष पहिलो चरणको निर्वाचनबाट चयन हुँदैछन्। त्यसका लागि नगर प्रमुख तथा अध्यक्षमा पुरुष ९१.६५ प्रतिशत (१ हजार ७ सय २३) र महिला ८.३५ प्रतिशत (१ सय ५७) मात्र छन्। नगर उपप्रमुख तथा उपाध्यक्षमा पुरुष १८.५७ प्रतिशत (२ सय ५७) छन् भने महिला ८१.४३ प्रतिशत (१ हजार १ सय २७) छन्।
२ हजार ५ सय ९८ वडा अध्यक्ष यसपटकको निर्वाचनबाट चयन हुँदैछन्। जसमा वडाध्यक्षमा पुरुष ९५.८३ प्रतिशत अर्थात् (१० हजार २ सय ९६) महिला ४.१७ प्रतिशत (४ सय ४८) जना प्रतिस्पर्धामा छन्।
यसैगरी, वडा सदस्य खुल्ला तर्फ २ जनाका लागि पुरुष ९४.७१ प्रतिशत (१७हजार ७ सय २९) महिला ५.२९ प्रतिशत (९ सय ५१) प्रतिस्पर्धामा छन्। महिला वडा सदस्यमा ९ हजार ८३ महिला र दलित महिला वडा सदस्यमा ७ हजार ५ सय २६ जनाको उम्मेदवारी कायम रहेको छ।