
काठमाडौं : आज हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनका लागि गृह मन्त्रालयले शनिवार रातिबाट नै सुरक्षा व्यवस्था कडा बनाएको छ।
निर्वाचन हुने ३४ जिल्लामा ६८ हजार ९ सय १६ जना सुरक्षाकर्मी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ। ३४ जिल्लामा २२ हजार ५ सय ६९ नेपाल प्रहरी, १७ हजार २ सय ५६ सशस्त्र प्रहरी, ३ सय ८३ जना राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी र २२ हजार ६ सय २ म्यादी प्रहरी परिचालन गरिएको छ।
देशभर ४५ हजार नेपाली सेना समेत परिचालन गरिएको छ। नेपाली सेनाले शनिवारबाट नै हवाई गस्ती समेत सुरु गरिसकेको छ। सामान्य, संवेदनशील र अति संवेदनशील छुट्याएर एउटा निर्वाचन केन्द्रमा १४ देखि २४ जना सुरक्षाकर्मी परिचालन गरिएको छ।