
काठमाडौः मौसम तथा पूर्वअनुमान शाखाले आज निर्वाचनलाई असर पर्ने गरी बर्षा र हावाहुरी नआउने बताएकोे छ।
निर्वाचन हुने तीनै प्रदेशमा दिनभर मौसम सफा रहने मौसमविद् वरुण पौडेलले पहिलोपोस्टलाई जानकारी दिए।
उनले भने ‘दोलखा र भक्तपुरको पहाडी क्षेत्रमा विहानपख केही फाटफुट बर्षा भएपनि मध्यान्हबाट मौसममा सुधार आउँछ।’ त्यस्तै, बेलुकाबाट केही पहाडी क्षेत्रमा फाटफुट पानी पर्ने शाखाले जनाएको छ।