
काठमाडौं : काठमाडौं महानगरपालिका १९ नम्बर वडाको यार्खाबहाल बुथमा भोट हाल्न पुगेका मतदाता त्यतिखेर अलमलमा परे जतिखेर उनीहरुको खल्तीमा रहेका सामान बाहिरै छाड्न पर्यो। निर्वाचन आयोगले मत दिन जाँदा लैजान नमिल्ने सामग्रीहरुबारे जानकारी गराएको भए पनि मत दिन जानेले थाहा नपाउँदा समस्या भोगेका छन्।
भोट हाल्न जाँदा मोबाइल फोन, लाइटर, नेल कटर, कलम, ब्याग, चुरोट/खैनी लैजान निषेध गरिएको छ। यी सामग्री तपाईँले बोकेर जानुभयो भने यार्खाबहालका मतदाताले झै हैरानी भोग्नुपर्ने छ।
चुनावलाई सुरक्षित बनाउन आयोगले मतदाता परिचयपत्र वा अन्य पहिचानपत्र बाहेकका सामाग्रीलाई भोटिङ बुथमा निषेध गरेको हो।