PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

बीस वर्षको प्रतीक्षा : मतदानका लागि उत्साहपूर्वक लामबद्ध मतदाता हेर्नुस् ३० फोटोमा

बीस वर्षको प्रतीक्षा : मतदानका लागि उत्साहपूर्वक लामबद्ध मतदाता हेर्नुस् ३० फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : तीन प्रदेशका ३४ जिल्लामा आज स्थानीय तहको निर्वाचन भइरहेको छ। २० वर्षपछिको निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित देखिएका छन्। विहानैदेखि मतदाता मतदान केन्द्रमा उत्साहसाथ लामबद्ध भएका छन्।  

आइतबारको पहिलो चरणको निर्वाचनबाट १३ हजार ५ सय ५६ जना प्रतिनिधि निर्वाचित हुनेछन्। जसमध्ये ९७ नगरप्रमुख र उपप्रमुख, १८६ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष चयन हुनेछन्। त्यसैगरी २ हजार ५ सय ९८ वडा अध्यक्ष र १० हजार ३ सय ९२ वडा सदस्य चयन हुनेछन्।

३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा कूल ४९ हजार ३ सय ३२ जना प्रतिस्पर्धामा छन्। 
 


ट्रेन्डिङ पोस्ट

Ncell