PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

टेम्पो चढेर मतदान गर्न पुगिन् रञ्जु दर्शना

टेम्पो चढेर मतदान गर्न पुगिन् रञ्जु दर्शना

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : देशकै राजधानी काठमाडौँ महानगरको मेयरकी उम्मेद्वार हुन् रञ्जु दर्शना। आइतबार उनी मतदान स्थलमा टेम्पो चढेर पुगिन्। निर्वाचन आयोगले उम्मेद्वारका लागि मतदान दिन सवारी सञ्चालनका लागि पासको व्यवस्था गरेको छ। रञ्जुले पास नै टेम्पोका लागि लिएकी हुन्। 

बा १ ह ३६५५ नंम्बरको बानेश्वर लगनखेल चल्नेका लागि उनले पास लिएकी थिइन्। 

उनी नमस्कार गर्दै झरिन्। अनि लाइनमा बसिन्। 

२१ वर्षकै उमेरमा विवेकशिल नेपाली दलबाट उनले मेयरमा उम्मेद्वारी दिएकी हुन्। उनी महाराजगञ्ज स्थित राष्ट्रपति भवन अगाडि मतदानका लागि पुगेकी हुन्। 
 


ट्रेन्डिङ पोस्ट

Ncell