PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

दोलखाका दुई मतदान केन्द्रमा बिहानै झडप, पाँच जना घाइते



पहिलोपोस्ट

दोलखाका दुई मतदान केन्द्रमा बिहानै झडप, पाँच जना घाइते

काठमाडौँ : दोलखाको दुई निर्वाचन स्थलमा मतदान सुरु नहुँदै झडप भएको छ। कांग्रेस समर्थित कार्यकर्ताले मतदाताको बाटो छेकेको भन्दै तामाकोशी गाउँपालिका २, झुलेमा बिहानै झडप भएको हो। 

कांग्रेस र एमाले समर्थित कार्यकर्ताको झडपमा परी एक जना गम्भीर घाइते भएका हुन्। घाइते हुनेमा स्थानीय अच्युत कार्की छन्। 
अमर उच्च मावि मतदान केन्द्रमा झडप भएको हो। 

यस्तै, बिगु गाउँपालिकाको आलम्पुमा रहेको थम्पु मावि मतदान केन्द्रमा पनि झडप भएको छ। झडपमा चार जना घाइते भएका छन्। थम्पु मावि केन्द्रमा पनि एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएको हो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell