काठमाडौँ : आज बिहान सात बजेदेखि भइरहेको स्थानीय तहको पहिलो चरणको मतदानमा १ सय ५ वर्षका वृद्धले पनि मतदान गरेका छन्।
गोरखा नगरपालिकाको वडा नम्बर १० स्थित चन्द्र माध्यमिक विद्यालयमा नन्दबहादुर पौडेलले मतदान गरेको अनुगमनमा खटिएका शिवराम न्यौपानेले जानकारी दिए।
गोरखा नगरपालिकामा २७ हजार ५ सय ६ जना मतदाता रहेका छन्। ती मध्ये १२ हजार ९ सय ९३ जना पुरुष हुन् भने १४ हजार ५ सय १३ जना महिला।