काठमाडौँ : तीन प्रदेशका ३४ जिल्लामा आज स्थानीय तहको निर्वाचन भइरहेको छ। २० वर्षपछिको निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित देखिएका छन्। विहानैदेखि मतदाता मतदान केन्द्रमा उत्साहसाथ लामबद्ध भएका छन्।
पोखरामा विभिन्न मतदान केन्द्रमा पनि अहिलेसम्म शान्तिपूर्वक मतदान भइरहेको छ।
आइतबारको पहिलो चरणको निर्वाचनबाट १३ हजार ५ सय ५६ जना प्रतिनिधि निर्वा्चित हुनेछन्। जसमध्ये ९७ नगरप्रमुख र उपप्रमुख, १८६ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष चयन हुनेछन्। त्यसैगरी २ हजार ५ सय ९८ वडा अध्यक्ष र १० हजार ३ सय ९२ वडा सदस्य चयन हुनेछन्।
३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा कूल ४९ हजार ३ सय ३२ जना प्रतिस्पर्धामा छन्।