PahiloPost

Jan 7, 2025 | २३ पुष २०८१

लोकल इलेक्सनमा रोल मोडल रञ्जु

लोकल इलेक्सनमा रोल मोडल रञ्जु

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : ठूला र स्थापित राजनीतिक दलले उम्मेदवार छान्न नसकिरहँदा एकाएक मिडियामा छाइन् रञ्जु दर्शना। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रका उम्मेदवारभन्दा बढी चासोमा उनी पर्न थालिन् त्यतिखेरसम्म जतिखेरसम्म ठूला दलले उम्मेदवार चयन गर्न सकेनन्।
सानो उम्मेरकी उम्मेदवार भएकालेमात्र यिनी मिडियाको ध्यान खिच्न सफल भएकी थिइनन्। मुलधारे राजनीतिक दलका नेताबाट असन्तुष्ट रहेको ठूलो समूह यिनको पक्षमा उभियो। युवाहरुको जमातले यिनलाई समर्थन गरे। सामाजिक सञ्जालमा यिनको बर्चश्व रहन थाल्यो।

चुनावको दिन फेरि यिनी एकाएक चर्चामा रहिन्। यिनी तीन पाङ्ग्रे चढेर राष्ट्रपति निवास अगाडिको बुथमा भोट हाल्न आइन्। टेम्पो चढेर आइन्। अरु नेताले झै झटपट मत हाल्ने बुथमा जाने सुविधा प्रयोग गरिनन्। लोकल इलेक्सनमा रोल मोडल स्थापित भइरहेकी रञ्जुको शैली यति साधारण बन्यो कि नेपाली राजनीतिमा त्यो असाधारण बन्न पुग्यो।

उनले कति मत पाउलिन्, जित्लिन या हार्लिन दोस्रो कुरा हो, तर आजको निर्वाचनमा उनी फेरि चर्चामा रहिन् र आफ्नो रोल मोडल स्टाटस कायम राखिन्। 
 


ट्रेन्डिङ पोस्ट

Ncell